Categories समाचार

नयाँ वर्षकै पहिलो दिन सुन–चाँदीको मूल्यमा उछाल

Advertisement

वीरगंज । नववर्ष २०८३ को पहिलो दिन नेपाली सुनचाँदी बजारमा मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। मंगलबार सार्वजनिक गरिएको दरअनुसार सुनको भाउ एकैदिन तोलामा ३ हजार १०० रुपैयाँले उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन सोमबार भने यही सुन २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला १६५ रुपैयाँले बढ्दै ५ हजार ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। सोमबार चाँदी ४ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।

Advertisement

नयाँ वर्षको सुरुवातसँगै बहुमूल्य धातुको बजारमा देखिएको यो वृद्धि लगानीकर्ता तथा उपभोक्ताका लागि चासोको विषय बनेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *