Categories समाचार

भोजपुरी प्रतिष्ठानद्वारा भाषा–संस्कृतिका साधक सम्मानित हुने

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकाद्वारा स्थापित भोजपुरी प्रतिष्ठानले भोजपुरी भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले वर्ष २०८२ का विभिन्न प्रतिष्ठित पुरस्कार तथा सम्मान वितरण गर्ने भएको छ। कार्यक्रम भोलि शनिबार वीरगंजस्थित रोयल पार्टी प्यालेसमा आयोजना हुने जनाइएको छ।

प्रतिष्ठानका अनुसार सल्लाहकार गोपाल अश्कको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले गहन छलफल र राय–सल्लाहपछि विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको चयन गरेको हो।

Advertisement

घोषणा अनुसार पं. दीपनारायण मिश्र अन्तर्राष्ट्रिय पुरस्कार २०८२ भारतको झारखण्ड, राँची निवासी साहित्यकार कनक किशोरलाई प्रदान गरिनेछ। नेपालीय भोजपुरी भाषा तथा साहित्यको विकास र संरक्षणमा योगदान पुर्‍याएको कदरस्वरूप उनलाई सम्मान गर्न लागिएको हो।

Advertisement

त्यसैगरी उमाशंकर द्विवेदी राष्ट्रिय पुरस्कार २०८२ बारा, कलैया उपमहानगरपालिकाका साहित्यकार राम प्रसाद साहलाई प्रदान गरिने भएको छ। उनले मौलिक साहित्य सिर्जना, पत्रिका सम्पादन तथा भोजपुरी भाषा–साहित्यको उन्नतिमा दिएको योगदानलाई सम्मान गरिने प्रतिष्ठानले जनाएको छ।

यस्तै भोजपुरी राष्ट्रिय प्रतिभा पुरस्कार २०८२ अन्तर्गत साहित्य, नाटक, संगीत, सञ्चार, कला तथा लोकसंस्कृति क्षेत्रमा योगदान पुर्‍याएका डा. शशिभूषण बरनवाल, मोतीउर रहमान, विकम साह, प्रतिमा चौधरी, गणेश परियार तथा लालमुनी देवी चयन हुनुभएको छ । रोशन कुमार कलवारलाई प्रोत्साहन पुरस्कार प्रदान गरिने पनि जनाइएको छ।

चयनित व्यक्तित्वहरूलाई निर्धारित कार्यक्रममार्फत विधिवत रूपमा पुरस्कार तथा सम्मान प्रदान गरिनेछ। भोजपुरी भाषा र संस्कृतिको विकासका लागि प्रतिष्ठान निरन्तर सक्रिय र प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *