Categories समाचार

अश्कद्वारा लिखित ‘प्रयोगात्मक भोजपुरी व्याकरण’ को भव्य समारोहमा लोकार्पण

वीरगंज । भोजपुरी प्रतिष्ठानद्वारा आयोजित सम्मान तथा पुरस्कार वितरणको भव्य समारोहका बीच प्रतिष्ठानका सल्लाहकार, भोजपुरी भाषाविद् गोपाल अश्कद्वारा लिखित पुस्तक “प्रयोगात्मक भोजपुरी व्याकरण” को पनि विधिवत् लोकार्पण गरिएको छ। उक्त कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरेका हुन्।

नेपालीय भोजपुरी भाषा, साहित्य तथा व्याकरणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका तथा “महाकवि” उपाधिबाट परिचित अश्कको यस कृतिलाई भोजपुरी भाषाको साधु रूप, वर्ण-विन्यास तथा व्याकरणिक कोटिहरूलाई प्रयोगात्मक उदाहरणसहित सरल र व्यवस्थित ढंगले प्रस्तुत गरिएको महत्वपूर्ण कृतिका रूपमा लिइएको छ।

Advertisement

लेखक अश्कले आफ्नो भनाइमा यस पुस्तकले भोजपुरी भाषालाई सम्यक् रूपमा बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले पुस्तक सर्व भाषा ट्रस्टअन्तर्गतको भोजपुरी प्रकाशन, नयाँ दिल्लीबाट प्रकाशित भएको र एमाजनमार्फत पनि उपलब्ध रहेको जानकारी दिएका छन्। साथै, इच्छुक पाठकले प्रकाशक वा लेखकसँग प्रत्यक्ष सम्पर्क गरी पनि पुस्तक प्राप्त गर्न सक्ने उल्लेख गरेका छन्।

Advertisement

सम्मान समारोहकै अवसरमा पुस्तकको लोकार्पण गरिनुका कारण कार्यक्रमको बौद्धिक तथा साहित्यिक गरिमा थप उचाइमा पुगेको सहभागीहरूको भनाइ रहेको छ। भोजपुरी भाषा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यस कृतिले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *