Categories समाचार

वीरगञ्जमा गाँजासहित ४ जना भारतीय पक्राउ

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेट क्षेत्रमा प्रहरीले लागुऔषध गाँजा जस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ।

बिहान करिब ८:२० बजे प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आवतजावत गर्ने यात्रुहरूलाई जाँच गर्ने क्रममा शंका लागेर चार जनालाई नियन्त्रणमा लिएको हो। खानतलासीका क्रममा उनीहरूले शरीरको पेट र छाती भागमा रातो प्लास्टिकमा खैरो डोरीले बेरि लुकाइराखेको अवस्थामा गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

Advertisement

पक्राउ पर्नेहरूमा भारत, बिहार पश्चिम चम्पारण जिल्ला निवासी ३५ वर्षीय सफि अहम्द, ३३ वर्षीय विनय ठाकुर, ३० वर्षीय मुकिम मियाँ र २८ वर्षीय महम्द एकवाल रहेका छन्। उनीहरूबाट प्लास्टिक बाहेक करिब ६ केजी १८ ग्राम पदार्थ बरामद गरिएको छ।

Advertisement

पक्राउ परेकामाथि लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *