वीरगञ्ज । उपकार सेवा नेपालले वीरगञ्ज महानगरपालिका वडा नं. २२ मनोयारी निवासी एक जना शारीरिक रूपमा पूर्ण अपाङ्गता भएका दलित (मुसहर) समुदायका असहाय व्यक्तिलाई ह्वीलचेयर सहयोग प्रदान गरेको छ।
संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले उक्त व्यक्तिलाई एक कार्यक्रमबीच ह्वीलचेयर हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा समाजसेवी प्रकाश थारु लगायत स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो।
उपकार सेवा नेपालले यसअघि पनि विभिन्न दूरदराजका गाउँहरूमा पुगेर असहाय तथा विपन्न व्यक्तिहरूलाई आवश्यकता अनुसार सहयोग गर्दै आएको जनाएको छ।






