Categories समाचार

गण्डक चोकमा ट्राफिकद्वारा अवैध असुलीको आरोप, स्थानीय आक्रोशित

Advertisement

अमित अग्रवाल

वीरगञ्ज । कलैया–वीरगञ्ज सडक खण्ड अन्तर्गत पर्ने गण्डक चोकमा ट्राफिक प्रहरीद्वारा अवैध रूपमा रकम असुली भइरहेको आरोप सार्वजनिक भएको छ। स्थानीयवासीका अनुसार गिट्टी, बालुवा तथा माटो बोकेका टिप्पर, साथै धान, गहुँ तथा नगदे बाली बोकेका ट्र्याक्टर र अटो लोडरलाई लक्षित गर्दै नियमित रूपमा पैसा असुल्ने कार्य अझै रोकिएको छैन।

Advertisement

एक स्थानीयले बताएअनुसार सवारी जाँचको बहानामा बीच बाटोमै सवारी साधन रोकिने, चालकलाई मानसिक दबाब दिने र अन्त्यमा रकम नदिएसम्म नछाड्ने प्रवृत्ति बढ्दै गएको छ। विशेषगरी ट्राफिक प्रहरीका एक वरिष्ठ हवलदारमाथि यस्तो गतिविधि सञ्चालन गरेको गम्भीर आरोप लागेको छ।

Advertisement

स्थानीय व्यापारी र चालकहरूको भनाइ उद्धृत गर्दै स्रोतहरूले जनाएअनुसार उक्त हवलदारले केही सवारी साधनसँग ‘महिनावारी’ नै तोकेर रकम असुल्ने गरेको आरोप छ। जरिवाना भन्दै रसिद बिना रकम उठाउने र त्यसलाई व्यक्तिगत रूपमा प्रयोग गर्ने गरेको दाबी गरिएको छ। यसले प्रहरी संगठनको छविमाथि नै प्रश्न उठाएको स्थानीयको भनाइ छ।

त्यस्तै, “मलाई कसैले केही गर्न सक्दैन” भन्दै सर्वसाधारणलाई त्रसित पार्ने व्यवहारसमेत देखिएको गुनासो गरिएको छ। प्रशासनिक निकायको मौनताप्रति पनि स्थानीयले असन्तुष्टि जनाउँदै माथिल्लो तहसम्मको संलग्नता हुनसक्ने आशंका व्यक्त गरेका छन्।

कानून कार्यान्वयन गर्ने जिम्मेवारी बोकेको निकाय नै विवादमा मुछिँदा सर्वसाधारण अन्योलमा परेका छन्। यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दोषीमाथि निष्पक्ष छानबिन र कडा कारबाहीको माग गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *