Categories समाचार

वीरगञ्जमा प्रतिबन्धित लागुऔषधसहित भारतीय नागरिक पक्राउ

Advertisement

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागुऔषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–८ लिंक रोडस्थित समर होटल एण्ड लजबाट उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, मोतिहारी जिल्ला भेलाही गाउँ निवासी २० वर्षीय सागर कुमार पटेल रहेका छन्। प्रहरीका अनुसार होटलको कोठा नम्बर १०५ मा खानतलासी गर्दा उनको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइड (Tramadol Hydrochloride IP-50) नामक प्रतिबन्धित औषधि ठूलो परिमाणमा बरामद गरिएको हो।

Advertisement

बरामद औषधि १ पत्तामा १० ट्याब्लेटका दरले ३ हजार पत्तामा कुल ३० हजार ट्याब्लेट रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका पटेलमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *