Categories समाचार

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा घोषणा, नैतिकता र निष्पक्ष छानबिनको माग

Advertisement

वीरगंज । सुदन गुरुङले सामाजिक सञ्जालमार्फत आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। उनले मिति ०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्दै पछिल्ला दिनहरूमा आफ्नो शेयर लगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्।

गुरुङले पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वास भएको उल्लेख गर्दै देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेको सन्दर्भमा आफूले नैतिक जिम्मेवारी बहन गर्दै राजीनामा दिएको बताएका छन्। उनले निष्पक्ष छानबिनका लागि वातावरण बनाउन तथा पदमा रहँदा कुनै प्रकारको ‘conflict of interest’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारे।


उनले हाल उठिरहेको Gen Z आन्दोलन ले सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने सन्देश दिएको पनि उल्लेख गरेका छन्। साथै, विगतका बलिदानबाट बनेको सरकारमाथि प्रश्न उठे त्यसको जवाफ नैतिकतामार्फत दिनुपर्ने धारणा राखेका छन्।

Advertisement

राजीनामापछि गुरुङले सञ्चारकर्मी, आम नागरिक र युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको मार्गमा अघि बढ्न आग्रह गर्दै परिवर्तनका लागि सबैले त्याग र नैतिक साहस देखाउनुपर्ने बताएका छन्। साथै केही मिडियाकर्मीहरूसँग सम्बन्धित शेयरका विषयहरू पनि क्रमशः सार्वजनिक हुने संकेत दिएका छन्।

Advertisement

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *