Categories समाचार

वीरगंजमा सडक विस्तारको मौका छोपी भाडा बढाउनेलाई कारबाहीको चेतावनी

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारको क्रममा देखिएको भाडा सम्बन्धी विकृतिलाई नियन्त्रण गर्न जरुरी सूचना जारी गरेको छ। जारी सूचनामा त्रिभुवन राजपथ विस्तारका कारण प्रभावित क्षेत्रको मौका छोपी घरधनीहरूले बहालमा बसिरहेका व्यवसायीसँग अत्यधिक भाडा बढाउन दबाब दिएको, सम्झौता अवधि नपुगी हटाउन खोजेको तथा अनधिकृत रूपमा धरौटी माग गरेको गुनासो प्राप्त भएको उल्लेख गरिएको छ।

महानगरले घर, कोठा, सटर तथा गोदाम भाडामा दिँदा दुवै पक्षबीच दबाबरहित र यथार्थ भाडादर कायम गर्न आग्रह गरेको छ। साथै, बहाल सम्झौता सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गराई त्यसको एक प्रति महानगरको राजश्व व्यवस्थापन महाशाखामा अनिवार्य रूपमा पेश गर्न निर्देशन दिइएको छ।

Advertisement

सूचनामा आपसी समझदारी विपरीत अभावको मौका छोपी बहालवालालाई दबाब दिई लेनदेन गरेको वा फर्जी सम्झौता पेश गरेको पाइएमा सुरु अवधिबाटै जरिवाना तथा प्रचलित कानुन बमोजिम थप कारबाही गरिने चेतावनी समेत दिइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *