Categories समाचार

१७ लाख बढीका अवैध स्कुटर वीरगञ्जका विभिन्न नाकाबाट बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल, पर्साले भन्सार छली गरी ल्याइएका २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ। बरामद गरिएका स्कुटरहरूको अनुमानित मूल्य रु १७ लाख ३० हजार रहेको जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार जिल्ला पर्सा अन्तर्गत वीरगञ्ज महानगरपालिका–१६ स्थित मुख्य भन्सार नाकाबाट १४ थान, वडा नम्बर २५ को सिर्सिया नाकाबाट ७ थान तथा विन्दवासिनी गाउँपालिका–५ को प्रसौनीभाठा नाकाबाट १ थान स्कुटर नियन्त्रणमा लिइएको हो।

Advertisement

अवैध रूपमा नेपाल भित्र्याउँदै गर्दा स्कुटरहरू छाडेर संलग्न व्यक्तिहरू फरार भएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका सबै स्कुटरहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *