Categories समाचार

गरिब परिवारकी छोरीको विवाहमा कानु युथ बन्यो सहारा

Advertisement

वीरगंज । बारा जिल्लाको कलैया उपमहानगरपालिका–३ भवानीपुरमा एक आर्थिक रूपमा कमजोर कुर्मी परिवारको विवाह तयारीमा ‘कानु युथ’ सहयोगी बनेको छ। छोरीको विवाह नजिकिँदै गर्दा आर्थिक अभावले समस्या परेपछि संस्थाले करिब २५ हजार रुपैयाँ बराबरको खाद्य सामग्री उपलब्ध गराएर हो।


वैशाख १२ गतेका लागि तय गरिएको विवाह कार्यक्रम प्रभावित हुने अवस्था आएपछि कानु युथ वीरगंजले चामल, दाल, चिनी, तेल, तरकारीलगायत दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको जनाएको छ। सहयोगमा चामल २ बोरा, मसुरो २० किलो, चिनी २० किलो, आलु १ बोरा, प्याज २० किलो, रिफाइन तेल १ जार, सरसों तेल १ टिन, मैदा २० किलो, बेसन १० किलो, ग्यास २ सिलिन्डर तथा हरियो तरकारी समावेश छन्।

Advertisement
Advertisement

संस्थाका सचिव श्रवण साहले विपन्न र असहाय परिवारलाई सहयोग गर्नु संस्थाको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै यस्ता पहलले समाजमा सकारात्मक सन्देश फैलाउने बताए। अध्यक्ष मनोज साहको अध्यक्षतामा सम्पन्न सहयोग कार्यक्रममा देवेन्द्र साह कानु, कानु समाज बारा का रमेश साह कानु, अजय साहलगायतको उपस्थिति रहेको थियो।


स्थानीयस्तरमा सक्रिय सामाजिक संस्थाले आवश्यक समयमा गरेको यस्तो सहयोगले सम्बन्धित परिवारलाई राहत मिल्नुका साथै सामुदायिक एकता पनि मजबुत हुने अपेक्षा गरिएको छ।


Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *