Categories समाचार

सडक विस्तारका कारण भूमिहीन बनेकालाई राहत दाबी गर्न वीरगञ्ज महानगरको आह्वान

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले त्रिभुवन राजपथ विस्तार क्रममा भूमिहीन बनेका घरधनीहरूलाई लक्षित गर्दै नेपाल सरकारसँग राहत माग गर्ने प्रयोजनका लागि आवश्यक विवरण पेश गर्न सूचना जारी गरेको छ।


जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार उत्तर गण्डक चोकदेखि दक्षिण मितेरी पुलसम्म त्रिभुवन राजपथको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्रभित्र सडक अतिक्रमण हटाउने कार्यका क्रममा पूर्ण रूपमा भूमिहीन भएका तथा देशका अन्य स्थानमा समेत जग्गा नभएका घरजग्गा धनीहरूलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको हो।

Advertisement

यस प्रयोजनका लागि प्रभावित व्यक्तिहरूले आवश्यक सम्पूर्ण प्रमाणसहित ३० दिनभित्र महानगरपालिकामा विवरण पेश गर्न आग्रह गरिएको छ।

Advertisement

सूचना अनुसार विवरण पेश गर्न तोकिएका सम्पर्क व्यक्ति इन्जिनियर (आठौं) गौरव कुमार झा रहेका छन्। उहाँलाई ९८१८८५४७१० मा सम्पर्क गर्न सकिने जनाइएको छ।


महानगरपालिकाले प्रभावित नागरिकको वास्तविक अवस्था संकलन गरी संघीय सरकारसँग राहत व्यवस्थापनका लागि पहल गर्ने जनाएको छ।


Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *