Categories समाचार

वीरगञ्जमा अन्तर्राष्ट्रिय मजदुर दिवस सामाजिक सेवासँग जोड्दै मनाइयो

Advertisement

वीरगञ्ज । १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) वीरगञ्ज इकाईले सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै दिवसलाई अर्थपूर्ण रूपमा मनाएको छ।

दिवसका अवसरमा बिहान मोटरसाइकल र्‍याली निकालिएको थियो, जसले शहरमा मजदुर अधिकार र एकताको सन्देश फैलाएको थियो। र्‍यालीपछि संघका पदाधिकारी तथा सदस्यहरू “आमाको माया छात्रावास” पुगेर त्यहाँ बसोबास गर्ने बालबालिकालाई शैक्षिक सामग्री र खेलकुद सामग्री वितरण गरेका थिए।

Advertisement

कार्यक्रमको एक विशेष पक्ष बालबालिकासँग मिलेर केक काट्दै खुशी साटासाट गर्नु रह्यो, जसले मजदुर दिवसलाई केवल औपचारिकतामा सीमित नराखी सामाजिक सद्भाव र मानवताको भावनासँग जोड्ने प्रयास गरेको देखियो।

Advertisement

संघका अध्यक्ष सौरव बर्णवालको नेतृत्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय तथा स्थानीय पदाधिकारी, सदस्य र सल्लाहकारहरूको सक्रिय सहभागिता रहेको थियो।

संघले जनाएको अनुसार, यस्ता कार्यक्रममार्फत समाजप्रति उत्तरदायित्व वहन गर्नुका साथै बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने र मजदुर दिवसको महत्वबारे जनचेतना फैलाउने उद्देश्य राखिएको हो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *