Categories साहित्य

लेखक विनयराज गौतमको ‘च्यातिएका पानाहरू’को लोकार्पण

Advertisement

लेखक दिवसमा ‘च्यातिएका पानाहरू’ लोकार्पण सम्पन्न

वीरगंज । लेखक दिवसको अवसरमा नेपाली लेखक सङ्घ, पर्सा शाखाको आयोजनामा कथाकार विनयराज गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू’ को लोकार्पण समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम वीरगंजस्थित बिपिसि कलेजको ट्रेनिङ हलमा सम्पन्न भएको हो।

Advertisement

कार्यक्रमको अध्यक्षता नेपाली लेखक सङ्घका उपाध्यक्ष उमा मिश्रले गर्नुभएको थियो भने ९६ वर्षीय वरिष्ठ साहित्यकार माधवप्रसाद गौतम प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्य, वरिष्ठ पत्रकार जगदीश शर्मा, नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य तथा समीक्षक गोपाल अश्क र नारायणी वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा. विश्वम्भरकुमार शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

Advertisement

प्रमुख अतिथि तथा मञ्चासीन अतिथिहरूद्वारा पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरिएको थियो भने संयुक्त रूपमा कथासङ्ग्रह ‘च्यातिएका पानाहरू’ को विमोचन गरिएको थियो।

विमोचनपछि कथाकार विनयराज गौतमले आफ्नो कृतिको सन्दर्भ, सिर्जनात्मक यात्रा र कथासङ्ग्रहका विशेषताबारे मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा प्रा.डा. दीपक शाक्य, डा. विश्वम्भरकुमार शर्मा, गोपाल अश्कलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै कृतिको सफलताको कामना गर्नुभएको थियो।

प्रमोद पाण्डेय ‘हेरम्ब’ले स्वागत मन्तव्य राख्नुभएको थियो। भने कार्यक्रम सञ्चालन सिता शर्मा पन्थीले गर्नुभएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *