Categories स्वास्थ्य

समुदायमै रोग पहिचान र नियन्त्रणका लागि वीरगञ्ज–९ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–९ मा समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। समुदायमा देखा पर्न सक्ने अनपेक्षित जनस्वास्थ्य जोखिमलाई समयमै पहिचान गरी नियन्त्रण गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

वडा नम्बर ९ को कार्यालयमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताको अध्यक्षता रहेको थियो। कार्यक्रम वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गत जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा, PHRD Nepal तथा UNICEF को प्राविधिक र आर्थिक सहयोगमा सम्पन्न भएको हो।

Advertisement

कार्यक्रमका क्रममा अनपेक्षित जनस्वास्थ्य घटनाहरू र विभिन्न रोगका लक्षण देखिएमा तत्काल सूचना प्रवाह गर्नु अत्यन्त आवश्यक रहेकोमा विशेष जोड दिइएको थियो। सहभागीहरूलाई यस्ता घटनाको समयमै जानकारी नहुँदा जोखिम बढ्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको थियो।

Advertisement

साथै, आम नागरिक, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सामाजिक अगुवा तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागिता बिना समुदायमा आधारित निगरानी प्रणाली प्रभावकारी हुन नसक्ने विषयमा पनि स्पष्ट पारिएको थियो।

कार्यक्रममा सहभागीहरूलाई आफ्नो टोल वा समुदायमा कुनै असामान्य स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त जानकारी गराउन, साथै फोन, एसएमएस वा प्रत्यक्ष रूपमा सूचित गर्न अनुरोध गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालन गरिएको निःशुल्क हटलाइन सेवा ‘हेल्लो स्वास्थ्य १११५’ मार्फत समेत सूचना दिन सकिने जानकारी दिइयो।

कार्यक्रममा अधिकृत राजिव चौधरीले अनपेक्षित जनस्वास्थ्य घटना के हो, किन समयमै सूचना आवश्यक पर्छ र कस्ता लक्षण देखिएमा खबर गर्नुपर्छ भन्ने विषयमा विस्तृत जानकारी गराएका थिए। उनले समुदायस्तरमै रोगको प्रारम्भिक पहिचान र सूचना संकलनले महामारी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सबैको सक्रिय सहभागिताबाट मात्रै स्वास्थ्य सुरक्षा सुदृढ बनाउन सकिने धारणा व्यक्त गरे।

वडा कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रमको सहजीकरण आधारभूत स्वास्थ्य सेवा केन्द्र -९ का प्रमुख अकलेश गिरीले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *