Categories समाचार

वीरगञ्जमा चार क्षेत्रमा योगदान गर्ने व्यक्तित्व सम्मानित

Advertisement

वीरगञ्ज । रिलिफ सोसाइटी अफ कमर्स, वीरगञ्जले आफ्नो ३५औँ स्थापना दिवस तथा बुद्ध पूर्णिमा जयन्तीको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका चार जना व्यक्तित्वलाई सम्मान गरेको छ।


आदर्शनगरस्थित आफ्नै भवनमा आयोजित कार्यक्रममा उद्यम, खेलकुद, शिक्षा र साहित्य क्षेत्रमा सक्रिय रहँदै समाजमा प्रभाव पार्दै आएका व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गरिएको हो।

Advertisement

यस अवसरमा उद्यमशीलताको माध्यमबाट महिला सशक्तीकरणमा टेवा पुर्‍याउँदै आएकी कमला घिमिरे, खेलकुद तथा गायन क्षेत्रमा निरन्तर क्रियाशील अशोक प्रधान, शिक्षा क्षेत्रमा समर्पित श्याम बिकेश महतो र साहित्य क्षेत्रमा सक्रिय विनयराज गौतमलाई सम्मान गरिएको छ।

Advertisement

कार्यक्रम सोसाइटीका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।


वक्ताहरूले समाज रूपान्तरणमा योगदान गर्ने व्यक्तित्वहरूको कदरले सकारात्मक सन्देश प्रवाह हुने उल्लेख गर्दै रिलिफ सोसाइटीले तीन दशकभन्दा बढी समयदेखि सामाजिक तथा व्यावसायिक क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए।


Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *