वीरगञ्ज । सामाजिक सेवामा सक्रिय संस्था ह्युमन लभ च्यारिटी फण्ड ले वीरगञ्जस्थित मानव सेवा आश्रममा “मिलन समारोह” आयोजना गर्दै मानवता र सहयोगको सन्देश फैलाएको छ। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।
संस्थाका अध्यक्ष डा. एम.डी. इमरान अहमद को सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि देवेश गुप्ता तथा विशिष्ट अतिथिहरूमा निजामुद्दिन समानी (अध्यक्ष, लायन्स क्लब पोखरिया), सलाउद्दिन अहमद, सरोज पटेल, ताहिर अंसारी, सोहायर अंसारी र धोबिनी गाउँपालिकाका वडा अध्यक्ष मनौवर अहमद को उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन कोषाध्यक्ष मोहम्मद रेयाज हुसैन ले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष दिपेन्द्र चौधरी सहनी ले व्यक्त गरेका थिए। साथै संस्थाका प्रमुख सल्लाहकार मुकेश प्रसाद पटेल को पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै निजामुद्दिन समानी ले संस्थाको सामाजिक कार्यको प्रशंसा गर्दै लायन्स क्लब पोखरियासँग सहकार्यको सम्भावना औंल्याए। त्यस्तै प्रमुख अतिथि देवेश गुप्ता ले ग्रामीण क्षेत्रका विद्यालयहरूमा निःशुल्क मोटिभेसनल कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।
सोही अवसरमा संस्थाले मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूलाई खाजा वितरण गर्दै सहयोगको हात अघि बढाएको थियो। वक्ताहरूले यस्ता कार्यक्रमहरूले समाजमा सहकार्य, सद्भाव र सेवा भाव विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।






