Categories समाचार

सरकारी कार्यालयको बोर्डमा मोबिल छर्कने दुई जना पक्राउ, पर्सा प्रहरीले अघि बढायो अनुसन्धान

Advertisement

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२३ स्थित पूर्वाधार विकास कार्यालयको बोर्डमा मोबिल छर्केर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आज बिहान करिब ९:२० बजे कार्यालयका कर्मचारी राम प्रवेश यादवसँग विकास योजनाको विषयमा विवाद भएपछि उनीहरूले कार्यालय परिसरमा रहेको बोर्डमा मोबिल छर्की भागेका थिए।

Advertisement

घटनाबारे कार्यालय प्रमुखले दिउँसो करिब २:३० बजे वडा प्रहरी कार्यालय श्रीपुरमा टेलिफोनमार्फत जानकारी गराएपछि प्रहरी टोली परिचालन भई संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

Advertisement

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–११ निवासी ३३ वर्षीय जयपुजन ठाकुर लोहार र वडा नं. १३ राधेमाई निवासी ३० वर्षीय मनमोहन पाण्डे रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राज कार्कीले जानकारी दिएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *