वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–४ स्थित विर्ता चोक क्षेत्रबाट संकास्पद रूपमा हिँडिरहेका २२ वर्षीय बेगम वि.क.लाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सुर्खेतको गुर्वाकोट नगरपालिका–२ घर भएका वि.क.लाई उक्त मुद्दामा अदालतले ८ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना सजाय तोकेको थियो।
जेनजी आन्दोलनका क्रममा पर्सा स्थित बाल सुधार गृहबाट फरार रहेका उनलाई पुनः पक्राउ गरी बाल सुधार गृह वीरगञ्जमा पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले फरार प्रतिवादी पक्राउ गर्न प्रहरी सक्रिय रहेको र यस्ता कारबाहीलाई निरन्तरता दिइने बताएका छन्।






