Categories समाचार

भोजपुरी गीत प्रतिबन्ध निर्णयप्रति आलोचना, परिपक्वता नपुगेको भाषाकर्मीहरूको दाबी

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नम्बर ३० मा भोजपुरी गीत बजाउन प्रतिबन्ध लगाउने निर्णयप्रति व्यापक आलोचना सुरु भएको छ।

भोजपुरी भाषाको प्रमुख केन्द्र मानिने वीरगंजमै यस्तो निर्णय लिनु गलत भएको भन्दै भाषाकर्मी तथा अभियन्ताहरूले आपत्ति जनाएका छन्। उनीहरूका अनुसार अश्लीलता नियन्त्रण गर्नु आवश्यक भए पनि सम्पूर्ण भाषालाई नै प्रतिबन्ध लगाउने निर्णय अपरिपक्व र अव्यावहारिक रहेको छ।

Advertisement

यसैबीच, वडाध्यक्षले मौखिक रूपमा अश्लील गीतहरूलाई मात्र नियन्त्रण गर्ने उद्देश्य रहेको बताएका छन्। तर गाउँ भेलाको बैठकमा तयार गरिएको माइन्युटमा स्पष्ट रूपमा सम्पूर्ण भोजपुरी गीतमा प्रतिबन्ध लगाइएको उल्लेख भएकाले विवाद चर्किएको छ।

Advertisement

लिखित निर्णय र मौखिक अभिव्यक्तिबीचको असंगतिका कारण स्थानीय स्तरमै असमझदारी बढेको देखिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *