Categories समाचार

अब यी लाखौं स्मार्टफोनमा चल्नेछैन ह्वाट्सएप

Advertisement

लोकप्रिय मेसेजिङ प्लेटफर्म ह्वाट्सएप यो वर्ष लाखौँ स्मार्टफोनबाट बाहिरिने भएको छ । चालु अंग्रेजी वर्ष सन् २०२६ मा मेटाले ह्वाट्सएपको सिस्टम अपडेट गरेसँगै पूरानो मोडेलका लाखौँ एन्ड्रोइड स्मार्टफोनहरूमा ह्वाट्सएप चल्नेछैन ।

समाचार अनुसार ह्वाट्सएप अपडेट भएसँगै आगामी सेप्टेम्बर ८ देखि एन्ड्रोइड ६.० भन्दा पूरानो अपरेटिङ सिस्टम भएका स्मार्टफोनहरूमा ह्वाट्सएपले काम गर्नेछैन । अर्थात् जुन फोनमा एन्ड्रोइड ५.० वा ५.१ छ ती स्मार्टफोनमा ह्वाट्सएप पूर्ण रूपमा बन्द हुनेछ।

Advertisement

यद्यपि कम्पनीले यस्तो निर्णय अचानक लिएको होइन । ह्वाट्सएपले निरन्तर रूपमा पुराना डिभाइसहरूको सपोर्ट हटाउँदै जान्छ ताकि स्मार्टफोन प्रयोगकर्ताले नयाँ फिचरहरू र राम्रो सुरक्षासाथ ह्वाट्सएप चलाउन पाउन् । पुराना मोडेलका फोनहरूले प्रायः नयाँ अपडेट सपोर्ट गर्दैनन् र त्यस्ता फोनमा सुरक्षा जोखिम पनि बढी हुन्छ।

Advertisement

ह्वाट्सएपले गर्न थालेको पछिल्लो परिवर्तनको असर विशेष गरी त्यस्ता देशहरूमा बढी देखिन सक्छ जहाँ मानिसहरूले लामो समयसम्म पुराना फोन प्रयोग गर्छन् ।

तेश्रो विश्व तथा विकाशोन्मुख देशका धेरै प्रयोगकर्ताहरू अझै पनि ८/१० वर्ष पुराना स्मार्टफोन चलाइरहेका छन्, जसमा नयाँ अपडेटहरू आउँदैनन्। रिपोर्टहरूका अनुसार विश्वभर लाखौँ प्रयोगकर्ताहरू अझै पनि पुराना एन्ड्रोइड संस्करणमा छन् । आगामी सेप्टेम्बरदेखि चाहिँ उनीहरुले ती पूराना फोनमा ह्वाट्सएप चलाउन सक्ने छैनन् ।

ह्वाट्सएपले यस बारेमा आफ्नो पोर्टलमा पनि अपडेट सार्वजनिक गरिसकेको छ । कम्पनीका अनुसार सन् २०२६ सेप्टेम्बरदेखि एन्ड्रोइड ६ र त्यसभन्दा नयाँ संस्करणका फोनहरूमा मात्र ह्वाट्सएप चल्नेछ । स्मरण रहोस् सामसुङ ग्यालेक्सी एस ४, नेक्सस ४ तथा एलजी जी टू जस्ता मोडेलहरूमा पहिले नै ह्वाट्सएप सपोर्ट बन्द भइसकेको छ।

आगामी सेप्टेम्बरबाट सपोर्ट बन्द हुने फोनका प्रयोगकर्ताहरूलाई ह्वाट्सएपले नोटिफिकेशन पनि पठाउन थालेको छ । जसमा ह्वाट्सएप खोल्दा एउटा डायलग बक्स देखिन्छ। जसमा उक्त एन्ड्रोइड संस्करणमा ८ सेप्टेम्बरदेखि ह्वाट्सएपले काम गर्न बन्द गर्ने उल्लेख छ।

अब के गर्ने ?

ह्वाट्सएपका अनुसार एपलाई सुरक्षित र फास्ट बनाइराख्नका लागि यस्तो कदम आवश्यक परेको हो। पुराना अपरेटिङ सिस्टमहरूमा नयाँ फिचरहरू राम्रोसँग काम गर्दैनन्। साथै ती फोनमा सुरक्षा अपडेट पनि नआउने हुनाले ह्याकिङ वा डाटा चोरीको जोखिम बढ्छ।

सोही कारण कम्पनीले अब एन्ड्रोइड ६.० वा त्यसभन्दा माथिका डिभाइसहरूलाई मात्र सपोर्ट गर्नेछ। यसले एपको परफर्मेन्समा सुधार गर्नेछ र प्रयोगकर्ताहरूले नयाँ फिचरहरू पनि निरन्तर पाउँदै जानेछन्।

यदि तपाईंको फोन पनि एन्ड्रोइड ६.० भन्दा पुरानो छ भने तपाईंले छिट्टै ह्वाट्सएपबाट नोटिफिकेशन पाउन सक्नुहुन्छ।

यस्तो अवस्थामा तपाईंका लागि दुईवटा विकल्प मात्र छन्। पहिलो यदि तपाईंको फोनमा एन्ड्रोइड ओएस अपडेट गर्ने विकल्प छ भने त्यससलाई माथिल्लो संस्करणमा अपडेट गर्नुहोस्। तर यदि अपडेट सम्भव छैन भने अब तपाइँले फोनमा ह्वाट्सएप चलाउनका लागि नयाँ फोन नै किन्नु पर्ने हुन्छ।

साथै तपाइँले आफ्नो ह्वाट्सएप च्याटहरूको ब्याकअप पनि राख्नु उपयुक्त हुन्छ ताकि तपाईंको डाटा सुरक्षित रहोस् ।

एजेन्सी



Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *