Categories समाचार

शिक्षा र प्रोत्साहनमा ह्युमन लभ च्यारिटी फन्डको हातेमालो

Advertisement

वीरगंज । सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय ह्युमन लभ च्यारिटी फन्डले पर्साको धोबिनी गाउँपालिका–५ स्थित श्री अजीज मियाँ माध्यमिक विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ।


विद्यालयमा आयोजित कार्यक्रममा कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्दै उनीहरूको मेहनत र उपलब्धिको कदर गरिएको थियो। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र आत्मविश्वास अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।

Advertisement

यस अवसरमा ह्युमन लभ च्यारिटी फन्डले विद्यालयको शैक्षिक वातावरणलाई सहयोग पुग्ने गरी शैक्षिक सत्र २०८४ भर विद्यालयमा आवश्यक पर्ने मार्कर तथा मार्कर इङ्कको सम्पूर्ण खर्च व्यहोर्ने घोषणा समेत गरेको छ। संस्थाको उक्त सहयोगले विद्यालयको पठनपाठनलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

Advertisement

विद्यालय परिवारले संस्थाको सामाजिक तथा शैक्षिक योगदानको प्रशंसा गर्दै ह्युमन लभ च्यारिटी फन्डलाई सम्मानपत्र प्रदान गरेको थियो। सम्मान ग्रहणपछि संस्थाका प्रतिनिधिहरूले शिक्षा र समाजसेवामा आगामी दिनमा पनि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका थिए।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनौवर अहमद, प्रधानाध्यापक जितेन्द्र राम, समाजसेवी फैयाज अन्सारी, संस्थाका प्रमुख सल्लाहकार मुकेश पटेल, कोषाध्यक्ष दिपेन्द्र चौधरी सहनी, सचिव म. रिजवान अन्सारी, वित्तीय सल्लाहकार म. खालिद अन्सारी, शिक्षक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।


Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *