Categories समाचार

रास्वपा सांसदहरूको प्रशिक्षण महँगो हलमा गर्नुको औचित्यमाथि सांसद आशिको प्रश्न

Advertisement

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ ले संसद सदस्यहरूको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम बाहिरका महँगा होटल वा हलहरूमा आयोजना गरिएकोप्रति प्रश्न उठाएकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सिंहदरबारभित्र पर्याप्त सभाहलहरू हुँदाहुँदै बाहिरका फाइभ स्टार होटल वा अन्य भाडाका हलहरूमा कार्यक्रम गर्नुको आवश्यकता र औचित्यमाथि प्रश्न उठाएकी हुन्।

Advertisement

उनको भनाइ अनुसार, “संसद भवनभित्र यस्ता कार्यक्रम सञ्चालन गर्न पर्याप्त पूर्वाधार हुँदाहुँदै बाहिर गएर खर्चिलो तरिकाले कार्यक्रम गर्नु बाध्यता हो कि अन्य कारण?” भन्ने प्रश्न उनले उठाएकी छन्।

Advertisement

त्यसैगरी उनले बाहिरका स्थानमा कार्यक्रम गर्दा हुने खर्चको लेखाजोखा र पारदर्शिताबारे पनि प्रश्न गर्दै त्यसको जिम्मेवारी कसले लिने भन्ने विषयमा स्पष्टता आवश्यक रहेको उल्लेख गरेकी छन्।

सांसद तामाङले सुरक्षाको कारण देखाएर महँगो स्थान रोजिएको हो भने पनि, सुरक्षा आवश्यकता केवल एक दिनका लागि मात्र हुने कि अन्य दिनहरूमा नपर्ने भन्ने प्रश्न समेत उठाएकी छन्।

उनले देशमा मितव्ययिता र फजुल खर्च नियन्त्रणको चर्चा भइरहँदा व्यवहारमा भने त्यसको विपरीत अभ्यास देखिनु विडम्बनापूर्ण भएको टिप्पणी गरेकी छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *