Categories समाचार

पार्किङबाट मोटरसाइकल चोरी गर्दै गरेका एक जना पक्राउ

Advertisement

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाइकल चोरी अभियोगमा संलग्न एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार हिजो साझ करिब ७ बजे बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–७ निवासी ३२ वर्षीय दिपेन्द्र कुमार गुप्ताको नाममा दर्ता रहेको प्रदेश २–०३–०१९ प ६३५० नम्बरको २२० सीसी क्षमताको कालो–रातो रंगको पल्सर मोटरसाइकल वीरगञ्ज महानगरपालिका–१३ स्थित नारायणी यातायात कार्यालय अगाडि पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको थियो।


मोटरसाइकलको लक तोडी चोरी गरी भाग्दै गरेको अवस्थामा स्थानीयवासी र प्रहरीको सहयोगमा मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१३ निवासी २० वर्षीय अकतर हुसेन रहेका छन्।

Advertisement

प्रहरीले पक्राउ परेका हुसेनमाथि चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *