Categories समाचार

पर्सामा लागुऔषधसहित ८ जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान अन्तर्गत विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित चेकपोइन्टमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री तथा सवारी साधनमाथि चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकाहरूबाट खैरो हिरोइन, सेतो हिरोइन तथा प्रतिबन्धित ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।

Advertisement

प्रहरीले २७ वर्षीय विकास कुमार साह र २३ वर्षीय कबिन पराजुलीबाट ६/६ सय मिलिग्राम खैरो हिरोइन बरामद गरेको जनाएको छ। त्यसैगरी २० वर्षीय सागर घिमिरे र २३ वर्षीया पूजा जिम्वाबाट ५ ग्राम खैरो हिरोइन र ०.२५ मिलिग्राम सेतो हिरोइन फेला परेको छ। २९ वर्षीय अन्जन थापा र १९ वर्षीय रमेश बम्जनबाट ३ ग्राम ३७ मिलिग्राम खैरो हिरोइन तथा ३७ वर्षीय राज बनियाँ र ५२ वर्षीय अलिहदन मियाँबाट ५३/५३ पिस प्रतिबन्धित ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।

Advertisement

घटनामा प्रयोग भएको मधेश प्रदेश ०३–०२८ प ७६५६ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबैविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरि बहादुर बस्नेतले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *