Categories समाचार

बहुअरीमा जलनसम्बन्धी सचेतना कार्यक्रम, युवालाई प्राथमिक उपचार र पीडित सहयोगबारे अभिमुखीकरण

Advertisement

वीरगञ्ज । बर्न्स भायोलेन्स सर्भाइभर्स नेपाल (BVS Nepal) ले बहुअरी सोशल क्लब (BS Club) सँगको सहकार्यमा वीरगञ्ज महानगरपालिका–२४ बहुअरी टोलस्थित बहुअरी सोशल क्लबमा युवामुखी अभिमुखीकरण तथा समुदायस्तरीय जलनसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

जलनबाट हुने दुर्घटना न्यूनीकरण, पीडितप्रति सहयोग र समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा समुदायका ४६ जनाको सहभागिता रहेको थियो। सहभागीमध्ये ३६ जना महिला र १० जना पुरुष रहेका थिए भने स्थानीय युवा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।

Advertisement

कार्यक्रममा BVS Nepal का प्रतिनिधि हरिनारायण सहनी र गोमा भट्टराई पोखरेलले जलनबाट बच्ने उपाय, प्राथमिक उपचार, आपत्कालीन व्यवस्थापन तथा जलनपीडितहरूले भोग्नुपर्ने सामाजिक र मानसिक समस्याका विषयमा सहजीकरण गरेका थिए।

Advertisement

त्यसैगरी, बहुअरी सोशल क्लबका अरुण यादवले सामाजिक सचेतना र मानवीय कार्यमा युवाको सहभागिता तथा समुदायको भूमिकाको महत्त्वबारे प्रकाश पारेका थिए।

कार्यक्रमअन्तर्गत सचेतनामूलक प्रशिक्षण, समूह छलफल तथा जलनसम्बन्धी घटनामा आवश्यक प्राथमिक उपचारबारे अभिमुखीकरण गरिएको थियो। सहभागीहरूले जलन दुर्घटना रोकथाम, समयमै उपचार, पुनःस्थापना तथा जलनपीडितप्रति समुदायको दायित्वका विषयमा सक्रिय रूपमा छलफल गरेका थिए।

यस अवसरमा BVS Nepal ले नेपालभर जलनपीडित तथा उनीहरूका परिवारलाई प्रदान गर्दै आएको आर्थिक सहयोग, मनोसामाजिक परामर्श, पुनःस्थापना सेवा, भावनात्मक सहयोग तथा समाजमा पुनःएकीकरणसम्बन्धी कार्यक्रमबारे जानकारी गराएको थियो।

कार्यक्रमको समन्वय तथा व्यवस्थापनमा स्थानीय युवा स्वयंसेवकहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। आयोजकका अनुसार कार्यक्रमले जलनसम्बन्धी विषयमा जनचेतना वृद्धि गर्न, युवामा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न तथा जलनपीडितप्रति सम्मान, समावेशिता र सहयोगको वातावरण निर्माण गर्न सकारात्मक योगदान पुगेको जनाएको छ।

BVS Nepal र बहुअरी सोशल क्लबले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *