Categories समाचार

भोजपुरी साहित्यकार तैयब हुसैन ‘पीड़ित’ विशेषांकको लोकार्पण

Advertisement

वीरगंज । भोजपुरी तथा हिन्दीका प्रतिष्ठित साहित्यकार स्वर्गीय तैयब हुसैन ‘पीड़ित’ को स्मृतिमा प्रकाशित ‘जोहार भोजपुरिया माटी’ पत्रिकाको विशेषांक शनिबार पटनामा लोकार्पण गरिएको छ। अखिल भारतीय भोजपुरी साहित्य सम्मेलनको आयोजनामा सम्मेलन अध्यक्ष महामाया प्रसाद ‘विनोद’, कार्यकारी अध्यक्ष भगवती प्रसाद द्विवेदी लगायतका अतिथिहरूले विशेषांक सार्वजनिक गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै महामाया प्रसाद ‘विनोद’ले तैयब हुसैन ‘पीड़ित’ सरल, संवेदनशील र भावपूर्ण साहित्य सिर्जना गर्ने स्रष्टा रहेको बताए। उनले विशेषांक प्रकाशनका लागि सम्पादक कनक किशोरलाई बधाई दिएका थिए।

Advertisement

कार्यकारी अध्यक्ष भगवती प्रसाद द्विवेदीले तैयब हुसैनले आफ्नो वैचारिक प्रतिबद्धता र स्पष्ट वक्तव्यका कारण जीवनभर विभिन्न विरोध सामना गर्नुपरे पनि उनी सधैं आफ्ना तर्क र विचारमा अडिग रहेको उल्लेख गरे। उनले तैयब हुसैनका हिन्दी र भोजपुरी रचनाहरूलाई संकलन गरी ‘तैयब रचनावली’ प्रकाशन गर्नुपर्ने आवश्यकता औंल्याए।

Advertisement

समालोचक सुनील कुमार पाठक ले तैयब हुसैनले आफ्ना रचनामार्फत साहित्यिक सौन्दर्य, जनवादी चेतना र संवेदनशीलतालाई सशक्त रूपमा प्रस्तुत गरेको बताए। उनले भोजपुरी साहित्य जगतले तैयब हुसैनलाई उनको साहित्यिक योगदानअनुसार संस्थागत सम्मान दिन नसकेको टिप्पणी गरे।

प्रसिद्ध कथाकार कमलेश ले भोजपुरी लोकनाटकका महान स्रष्टा भिखारी ठाकुर लाई साहित्यिक रूपमा स्थापित गर्न तैयब हुसैनको महत्वपूर्ण भूमिका रहेको बताए। ‘संझवत’ पत्रिकाका सम्पादक रामरक्षा मिश्र ‘विमल’ ले तैयब हुसैनलाई प्रगतिशील विचारधाराका उत्कृष्ट रचनाकारको रूपमा स्मरण गरे।

कार्यक्रममा प्राचार्य सत्येन्द्र प्रसाद सिंह, शकील अहमद, जमील अहमद, रास दादा राश, हरेन्द्र सिन्हा, अब्दुल्लाह अन्सारीलगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन तथा धन्यवाद ज्ञापन दिलीप कुमारले गरेका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *