Categories समाचार

तोकिएको पसलबाट मात्रै पोशाक र पाठ्यपुस्तक किन्न दबाब दिने विद्यालयलाई कारवाही हुने

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले निजी विद्यालयहरूद्वारा पाठ्यपुस्तक र विद्यालय पोशाक खरिदमा गरिएको कथित एकाधिकार तथा आर्थिक शोषणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै कतिपय निजी विद्यालयहरूले विद्यार्थी तथा अभिभावकलाई निश्चित पसलबाट मात्र किताब र पोशाक खरिद गर्न बाध्य पारेको तथा उपभोक्ताले पाउनुपर्ने छुटसमेत नदिएको गुनासो आएको उल्लेख गरेको छ।

Advertisement

सूचनामा विद्यालय प्रशासन र व्यवसायीबीच मिलेमतो गरी गैरकानुनी आर्थिक लाभ लिने कार्य भइरहेको भन्दै यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी दिइएको छ। प्रशासनले यस्तो सिन्डिकेट, एकाधिकार र आर्थिक शोषणजन्य हर्कत नरोकिए प्रचलित ऐन तथा कानूनअनुसार विद्यालय र सम्बन्धित पसल दुवैमाथि कडा कानुनी कारवाही गरिने जनाएको छ।

Advertisement

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाद्वारा जारी सूचनामा अभिभावक तथा सरोकारवालालाई यदि कसैले निश्चित पसलबाट खरिद गर्न बाध्य पारेको प्रमाण, बिल वा अन्य ठोस प्रमाण भए जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराई कानुनी कारवाहीमा सहयोग गर्न आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *