Categories समाचार

एसईई नतिजापछि वीरगञ्जमा १५ वर्षीय विद्यार्थीद्वारा आत्महत्या

Advertisement

वीरगञ्ज । माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक भएपछि उत्पन्न मानसिक तनावका कारण वीरगञ्जमा एक १५ वर्षीय विद्यार्थीले आत्महत्या गरेका छन्।

पर्साको पकाँहामानपुर गाउँपालिका–२ घर भई हाल वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा बस्दै आएका धुपर्नेद्र पटेलका छोरा शन्नी पटेलले सोमबार राति आत्महत्या गरेको परिवारले जनाएको छ।

Advertisement

परिवारका अनुसार परिक्षाको नतिजापछि शन्नी निराश र चिन्तित देखिएका थिए। उनी वीरगञ्जस्थित पिपरामा रहेको नृसिंह माध्यमिक विद्यालयका विद्यार्थी थिए।

Advertisement

राति करिब ११ः३० बजे परिवारले उनलाई सम्झाइबुझाइ गरिरहेका बेला उनी अचानक आफ्नो कोठातर्फ गएर ढोका बन्द गरेका थिए। परिवारका एक सदस्यका अनुसार फलामे ढोका भएकाले खोल्न केही समय लागेको थियो। ढोका खोलेर हेर्दा उनी गम्भीर अवस्थामा फेला परेका थिए।

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट पुगेको टोलीले प्रारम्भिक मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एसईईको नतिजापछि हरेक वर्ष यस्ता मानसिक तनावसँग सम्बन्धित दुःखद घटना दोहोरिँदै आएको भन्दै शिक्षाविद् तथा मनोपरामर्शदाताहरूले परीक्षा जीवनको अन्तिम निर्णय नभएको र अभिभावकले विद्यार्थीमाथि अनावश्यक दबाब नदिन आग्रह गर्दै आएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *