Categories समाचार

पाथीभरामा भक्तजनको ओइरो, बैशाखमै एक करोडभन्दा बढी भेटी संकलन

वीरगंज । ताप्लेजुङस्थित पाथीभरा देवीस्थान मा वैशाख महिनाभर भक्तजनको उल्लेख्य भीड देखिएको छ। यही अवधिमा मन्दिरमा रु एक करोड ६ लाख २८ हजार भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समिति ले जनाएको छ।

समितिका अनुसार चैत र वैशाख महिनामा विशेषगरी दर्शनार्थीको संख्या बढ्ने भएकाले भेटी संकलन पनि उच्च हुने गरेको छ। गत चैत महिनामा रु ५८ लाख ५७ हजार ५०० भेटी उठेको थियो भने फागुनमा रु ३१ लाख १० हजार संकलन भएको तथ्यांक सार्वजनिक गरिएको छ।

Advertisement

पूर्वी नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा परिचित पाथीभरामा आन्तरिक तथा बाह्य भक्तजन वर्षेनी पुग्ने गरेका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *