वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–३, प्रगतिनगरस्थित आचार्य एकेडेमी मा शुक्रबार “लेमोनेड डे” कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ।
विद्यालयद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई कागतीबाट गर्मी मौसममा सहज रूपमा तयार गर्न सकिने लेमोनेड (कागती पानी) बनाउने विधिबारे जानकारी गराइएको थियो।
कार्यक्रममा गर्मी मौसममा घरमै बनाइएको कागती पानी सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक हुने तथा बाहिरी चिसो पेय पदार्थको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक हुन सक्ने विषयमा जानकारी दिइएको थियो। साथै घरमै तयार गरिएको कागती पानीले शरीरलाई ताजगी, ऊर्जा प्रदान गर्नुका साथै शरीरमा पानीको कमी हुन नदिने फाइदाबारे पनि विद्यार्थीहरूलाई अवगत गराइएको विद्यालयले जनाएको छ।
कार्यक्रमका अवसरमा विद्यार्थीहरूले विभिन्न रचनात्मक तथा मनोरञ्जनात्मक गतिविधिमा उत्साहपूर्वक सहभागिता जनाएका थिए। कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको विद्यालयले जनाएको छ।






