Categories समाचार

पर्सा बजार बिक्री प्रतिनिधि समूहद्वारा रक्तदान कार्यक्रम सम्पन्न

वीरगञ्ज । “रक्तदान जीवन दान” भन्ने मूल नारासहित पर्सा बजार बिक्री प्रतिनिधि समूहको आयोजनामा वीरगञ्ज–१६ स्थित बसपार्क क्षेत्रमा प्रथम खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

शनिबार बिहानदेखि सञ्चालन गरिएको कार्यक्रममा १ महिला सहित ५१ जनाले रक्तदान गरेका आयोजकले जनाएको छ। विभिन्न संघसंस्था, व्यवसायी, युवा तथा स्थानीय सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा स्वेच्छिक रूपमा रक्तदान गर्दै सहभागीहरूले मानवीय सेवामा योगदान पुर्‍याएका थिए।

Advertisement

हाल रगतको अभाव भइरहेका बेला आयोजित रक्तदान कार्यक्रमले बिरामीहरूको उपचारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा रक्तदाताहरूलाई प्रशंसापत्र प्रदान गर्दै सामाजिक सेवामा पुर्‍याएको योगदानप्रति सम्मान गरिएको थियो।

Advertisement

आयोजक पर्सा बजार बिक्री प्रतिनिधि समूहले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *