वीरगञ्ज । क्रियाशील युवा पत्रकार मञ्चको दोस्रो साधारणसभा सम्पन्न भएको छ। पत्रकारिता क्षेत्रलाई सशक्त, जिम्मेवार र व्यावसायिक बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा सञ्चारकर्मी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि गोकर्ण डाँगीले युवा पत्रकारहरूको सक्रियता लोकतन्त्र र समाजका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै सत्य, निष्पक्ष र जनउत्तरदायी पत्रकारितामा जोड दिन आग्रह गरे। उनले पत्रकारितालाई केवल समाचार लेखन नभई समाजलाई सही दिशा दिने जिम्मेवारीपूर्ण पेशा भएको बताए।
कार्यक्रम मञ्चका अध्यक्ष प्रणय कुमारको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न वक्ताहरूले पत्रकारितालाई मर्यादित, तथ्यपरक र जिम्मेवार बनाउन युवा पुस्ताको भूमिका महत्वपूर्ण रहेको धारणा राखेका थिए।
साधारणसभापछि सम्पन्न बन्दसत्रबाट निवर्तमान उपाध्यक्ष आनन्द पटेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवगठित समितिले पत्रकारहरूको हकहित, क्षमता अभिवृद्धि र व्यावसायिक पत्रकारिताको विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।






