Categories समाचार

परवानीपुरका चार वडामा रास्वपाको प्रथम वडा भेला सम्पन्न, नयाँ नेतृत्व चयन

Advertisement

वीरगंज । परवानीपुर गाउँपालिका अन्तर्गत वडा नं. १, २, ३ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम वडा भेला भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय स्तरमा संगठन सुदृढीकरण गर्ने उद्देश्यसहित आयोजित उक्त भेलामा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

भेलाबाट सर्वसम्मत रूपमा प्रत्येक वडाका नयाँ वडा सभापतिहरू चयन गरिएको छ। जसअनुसार वडा नं. १ मा सुशील मण्डल, वडा नं. २ मा कृष्ण यादव, वडा नं. ३ मा राजेश यादव र वडा नं. ४ मा विजय पटेल सभापतिमा चयन भएका छन्।

Advertisement

कार्यक्रममा परवानीपुर गाउँपालिकाका समाजसेवी तथा सल्लाहकार राज कुमार यादवको विशेष उपस्थिति रहेको थियो। साथै, गाउँपालिका सभापति सन्तोष कुमार यादवको नेतृत्वमा कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ।

Advertisement

त्यस्तै, युवा नेता अखिल कुमार पटेलले संगठन विस्तार, युवाको सहभागिता वृद्धि तथा पार्टीका आगामी योजनाबारे जानकारी गराएका थिए। नवनिर्वाचित सबै पदाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *