Categories समाचार

मुसहर्वा चौकीका सईमाथि तस्करीमा रकम असुली गरेको आरोप

अनिल गुप्ता

बारा । बिश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित मुसहर्वा चौकीमा कार्यरत सई नारायण लुइँटेलमाथि तस्करीमा संलग्न व्यक्तिहरूसँग रकम असुली गरेको आरोप लागेको छ।

Advertisement

एक स्थानीय व्यापारीले आफ्नो नाम गोप्य राख्ने सर्तमा दिएको जानकारी अनुसार सई लुइँटेलले काजु, किसमिस, रजनीगन्धा, कपडा, साडी, सटिङ–सुटिङ तथा हार्डवेयर सामग्रीको अवैध ओसारपसार गराउने व्यक्तिहरूसँग नियमित रूपमा रकम उठाउने गरेको आरोप लगाइएको हो।

Advertisement

स्रोतका अनुसार उक्त क्षेत्रमा करिब १०० जना तस्करी गतिविधिमा संलग्न रहेका छन्। उनीहरूबाट प्रतिव्यक्ति १० हजारदेखि ५० हजार रुपैयाँसम्म असुली हुने गरेको दाबी गरिएको छ।

स्थानीय स्रोतले सई लुइँटेलले “मलाई कसैले केही गर्न सक्दैन, म एसपी साहेबको विश्वासपात्र हुँ, जे गरे पनि म एक वर्ष यही मुसहर्वा चौकीमै बस्छु” भन्ने अभिव्यक्ति दिने गरेको समेत आरोप लगाएका छन्।

यद्यपि, यी आरोपबारे सम्बन्धित प्रहरी अधिकारीको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन। घटनाबारे सत्यतथ्य बुझ्न तथा आवश्यक छानबिन गर्न स्थानीयले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *