Categories समाचार

विश्व सडक सुरक्षा सप्ताहमा वीरगञ्जमा रिफ्लेक्टिभ स्टिकर अभियान

Advertisement

वीरगंज । वीरगञ्जमा विश्व सडक सुरक्षा सप्ताहको अवसरमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जनचेतनामूलक रिफ्लेक्टिभ स्टिकर टाँस्ने कार्यक्रम सम्पन्न गरिएको छ। “दुर्घटना न्यूनीकरणमा हामी सबैको सहभागिता र प्रतिबद्धता” भन्ने नारासहित माईस्थानदेखि घण्टाघर चौकसम्म कार्यक्रम सञ्चालन गरिएको हो।

वीरगञ्ज युवा समाजको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ताको सहकार्यमा सम्पन्न कार्यक्रममा विशेषगरी साइकल तथा अन्य सवारी साधनमा रातिको समयमा सजिलै देखिने प्रतिविम्बित स्टिकर टाँसिएको थियो।

Advertisement

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदी लगायतको सहभागिता रहेको थियो।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी निरीक्षक कटवालले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना आवश्यक रहेको बताउँदै यस्ता जनचेतनामूलक कार्यक्रम प्रभावकारी हुने बताए। प्रहरी निरीक्षक सुवेदीले सडक सुरक्षामा युवाहरूको सक्रियता प्रशंसनीय रहेको उल्लेख गरे।

वीरगञ्ज युवा समाजका अध्यक्ष संजीव थापाले समाजमा सडक सुरक्षा सम्बन्धी सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *