Categories समाचार

समृद्ध नेपाल फाउन्डेसनद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

वीरगञ्ज । वीरगञ्जमा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै रक्तदान कार्यक्रम आयोजना गरिएको छ। समृद्ध नेपाल फाउन्डेसन र राउन्ड टेबल नेपालको संयुक्त सहकार्यमा शनिबार गहवामाई मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा ४ महिलासहित करिब ६० जनाले रक्तदान गरेका हुन्।

बिहान ७ बजेदेखि सुरु भएको कार्यक्रममा युवा, समाजसेवी, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य समाजमा रक्तदानप्रति जनचेतना फैलाउनुका साथै रक्त अभाव न्यूनीकरणमा सहयोग पुर्‍याउनु रहेको हो।

Advertisement

फाउन्डेसनका अनुसार रक्तदानलाई मानव सेवाको उत्कृष्ट माध्यम भएको उल्लेख गर्दै यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र बढीभन्दा बढी व्यक्तिलाई मानवीय सेवामा जोड्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको थियो ।

Advertisement

आयोजकले आगामी दिनमा पनि सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *