Categories समाचार

पर्साका वृद्ध हेटौँडामा गाँजासहित पक्राउ

वीरगंज । मकवानपुरको हेटौँडा स्थित हेटौँडा उपमहानगरपालिका–१० बसपार्क क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बिन्दबासिनी गाउँपालिका–४ मधुवन निवासी ६० वर्षीय लक्चन हजरा रहेका छन्। प्रहरीका अनुसार उनको साथबाट २१ किलो ३ सय १० ग्राम गाँजा बरामद गरिएको हो।

Advertisement

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका हजरामाथि जाँच गर्दा लागूऔषध फेला परेको जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *