Categories समाचार

खैरो हिरोइनसहित दुई युवक पक्राउ

Advertisement

वीरगञ्ज । पर्सा प्रहरीले खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। लागू औषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान अन्तर्गत इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी मिलनचोकबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–३१ कटगेनवा स्थित सडकखण्डबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार शुक्रबार राति करिब ९ः४० बजे ना ३९ प २५३२ नम्बरको स्प्लेण्डर मोटरसाइकलमा भेडियाहीबाट मिलनचोकतर्फ आउँदै गरेका व्यक्तिमाथि शंका लागेपछि चेकजाँच गरिएको थियो।

Advertisement

जाँचका क्रममा मोटरसाइकलमा सवार पर्सा वीरगञ्ज महानगरपालिका–३२ परसवाका २० वर्षीय राहुल सिंह र बारा जितपुर सिमरा उपमहानगरपालिका–७ खालका टोलका १९ वर्षीय नन्दन गुप्ताको पाइन्टभित्र लुकाइ राखिएको अवस्थामा ८ ग्राम ४० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Advertisement

पक्राउ परेका दुवै जनामाथि लागू औषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *