Categories समाचार

नीतिगत बहसको नेतृत्वमा कञ्चन झा, ‘ग्रीन टेबल’ संयोजक नियुक्त

Advertisement

वीरगंज । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले युवा नेता कञ्चन झा लाई ‘ग्रीन टेबल’ उपसमितिको संयोजक नियुक्त गरेको छ।

पार्टीका उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको प्रतिष्ठानअन्तर्गत सञ्चालन हुने ‘ग्रीन टेबल’ सार्वजनिक बहस मञ्चमार्फत नीतिगत विमर्श, वैचारिक बहस तथा समसामयिक राष्ट्रिय विषयमा अन्तरक्रिया गरिने जनाइएको छ।

Advertisement

संयोजक झाले ‘ग्रीन टेबल’लाई सार्वजनिक नीति र लोकतान्त्रिक संस्कृतिबीचको संवादको प्रभावकारी थलो बनाइने बताएका छन्।

Advertisement

उनका अनुसार यस मञ्चमार्फत युवापुस्ता, विज्ञ र नागरिक समाजको सहभागितासहित विभिन्न नीतिगत विषयमा हप्तामा एकपटक अन्तर्क्रिया आयोजना गरिनेछ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *