Categories समाचार

रास्वपा वीरगञ्ज महानगरको उद्योग तथा वाणिज्य विभागमा द्विवेदी उपप्रमुख नियुक्त

Advertisement

वीरगञ्ज । राष्ट्रीय स्वतन्त्र पार्टी अन्तर्गत वीरगञ्ज महानगरपालिकाको ‘उद्योग तथा वाणिज्य विभाग’ मा दुर्गा प्रकाश द्विवेदी उपप्रमुख पदमा नियुक्त भएका छन्। पार्टीको संगठनात्मक संरचना सुदृढ बनाउने तथा आर्थिक, औद्योगिक र व्यावसायिक क्षेत्रलाई थप सक्रिय बनाउने उद्देश्यका साथ उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको जनाइएको छ।

द्विवेदीलाई जिम्मेवारी प्रदान गरिएकोमा पार्टीका नेता तथा कार्यकर्ताहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उद्योग, व्यापार तथा आर्थिक क्षेत्रसँग सम्बन्धित विषयमा उनको अनुभव, ज्ञान र नेतृत्व क्षमताले वीरगञ्जको आर्थिक गतिविधि तथा निजी क्षेत्रसँगको समन्वयमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

Advertisement

पार्टीभित्र जिम्मेवारी बाँडफाँटसँगै स्थानीय तहमा संगठन विस्तार, उद्यमी–व्यवसायीको समस्या समाधान, लगानीमैत्री वातावरण निर्माण तथा युवालाई उद्यमशीलतासँग जोड्ने कार्यलाई प्राथमिकतामा राखिने बताइएको छ।

Advertisement

नवनियुक्त उपप्रमुख द्विवेदीले आफूलाई दिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै संगठन, उद्योगी–व्यवसायी तथा समाजको हितमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *