Categories समाचार

भोजपुरी समाजको यथार्थ बोकेको ‘माटी पानी’ सार्वजनिक

Advertisement

वीरगञ्ज । उत्कर्ष नेपालको आयोजनामा लेखक रितेश त्रिपाठीद्वारा लिखित निबन्ध संग्रह ‘माटी पानी’ पुस्तकको लोकार्पण कार्यक्रम आइतबार भव्य रूपमा सम्पन्न भएको छ। वीरगञ्जस्थित क्लासिक बैंक्वेट होटलमा आयोजित कार्यक्रममा साहित्य, भाषा तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि भाषा आयोगका पूर्व अध्यक्ष गोपाल ठाकुर रहेका थिए भने वरिष्ठ साहित्यकार हरिन्द्र हिमकर, भोजपुरी प्रतिष्ठान वीरगञ्जकी अध्यक्ष अनिता साह तथा सन्त साह विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमको अध्यक्षता उत्कर्ष नेपालका अध्यक्ष रितुराजले गरेका थिए।

Advertisement

लोकार्पित कृति ‘माटी पानी’ मा भोजपुरी समाजको संस्कृति, परम्परा, सामाजिक परिवर्तन तथा ग्रामीण जीवनका विविध पक्षलाई समेटिएको बताइएको छ। कार्यक्रममा वक्ताहरूले कृतिले मधेस र भोजपुरी समाजको यथार्थलाई साहित्यिक रूपमा उजागर गरेको धारणा व्यक्त गरेका थिए।

Advertisement

कार्यक्रममा पुस्तक लोकार्पणसँगै मधेस साहित्य महोत्सव सम्पन्न गर्न सहयोग पुर्‍याउने विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत, सहयोगी व्यक्तित्व तथा विभिन्न क्षेत्रका योगदानकर्ताहरूलाई सम्मानसमेत गरिएको थियो। सम्मानित व्यक्तित्वहरूको योगदानले साहित्यिक तथा सांस्कृतिक गतिविधिलाई थप ऊर्जा मिलेको आयोजकले जनाएको छ।

कार्यक्रम सञ्चालन विवेक वर्णवालले गरेका थिए। साहित्य, भाषा र संस्कृतिप्रति चासो राख्ने व्यक्तित्वहरूको बाक्लो उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *