Categories समाचार

आचार्य एकेडेमीद्वारा आयोजित दीक्षान्त समारोह सम्पन्न

वीरगंज । वीरगंज -३ स्थित रहेको आचार्य एकेडेमीद्वारा आयोजित दीक्षान्त समारोह उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। विद्यालयले प्रि–स्कुल तह पूरा गरेका २७ जना विद्यार्थीलाई औपचारिक रूपमा दीक्षित गर्दै विशेष समारोह आयोजना गरेको जनाएको छ।

कार्यक्रममा नानीबाबुहरूले आकर्षक नृत्य, सांस्कृतिक प्रस्तुति तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए। उनीहरूको प्रस्तुति देखेर उपस्थित अभिभावक तथा अतिथिहरू उत्साहित बनेका थिए। समारोहमा प्रमुख अतिथि, अभिभावक, शिक्षक–शिक्षिका तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Advertisement

विद्यालयका प्रिन्सिपलले बालबालिकाको प्रारम्भिक शिक्षा नै भविष्य निर्माणको आधारशिला भएको उल्लेख गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो। उहाँले बालबालिकाको सफलता हासिल गर्न अभिभावक र शिक्षकबीचको सहकार्य महत्वपूर्ण हुने धारणा राख्नुभयो।

Advertisement

समारोहमा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले आयोजना गरेको कार्यक्रमको खुलेर प्रशंसा गरेका थिए।

कक्षा १ मा अध्ययनरत छात्रा नाइसा नफिजकी अभिभावकले विद्यालयप्रति सन्तुष्टि व्यक्त गर्दै भन्नुभयो, “विद्यालयले बालबालिकाको प्रतिभा उजागर गर्ने राम्रो वातावरण सिर्जना गरेको छ। मेरा दुई जना बच्चा यही विद्यालयमा अध्ययनरत छन् र म अन्य अभिभावकलाई पनि यस विद्यालयमा आफ्ना बालबालिका अध्ययन गराउन आग्रह गर्छु।”

विद्यालय परिवारले सम्पूर्ण अभिभावक, अतिथि तथा सहयोगीप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *