Categories खेलकुद समाचार

राष्ट्रपति रनिङ शिल्डमा कन्या विद्यालयका छात्राको उत्कृष्ट सफलता

Advertisement

वीरगञ्ज । पर्सा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ मा सामुदायिक विद्यालयका छात्राहरूले उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान आकर्षित गरेका छन्। जेष्ठ ८, ९ र १० गते नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जको खेल मैदानमा सम्पन्न प्रतियोगितामा कन्या विद्यालयका छात्राहरूले विभिन्न विधामा सफलता हासिल गरेका हुन्।

कन्या विद्यालयकी छात्रा सञ्जना पटेलले एथलेटिक्सतर्फ २०० मिटर दौडमा प्रथम रनरअप तथा ४०० मिटर दौडमा द्वितीय रनरअप बन्न सफल भइन्। साथै रिले दौडमा पनि उनले तेस्रो स्थान हासिल गरिन्।

Advertisement

त्यसैगरी, पटेलले तेक्वान्दोतर्फ उत्कृष्ट प्रदर्शन गर्दै तीन प्रतिस्पर्धीलाई पराजित गरी स्वर्ण पदक जित्न सफल भएकी छन्।

Advertisement

विद्यालयकै अर्की छात्रा सिमरन पटेलले ८०० मिटर दौडमा तेस्रो स्थान हासिल गरिन् भने रिले दौडमा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भइन्।

सामुदायिक विद्यालयका छात्राहरूले जिल्ला स्तरको प्रतिष्ठित प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याएपछि विद्यालय परिवार, अभिभावक तथा स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। विद्यालयकी प्रधानाध्यापक अनिता साहले छात्राहरूको उपलब्धिले सामुदायिक विद्यालयप्रति सकारात्मक सन्देश प्रवाह गरेको बताएकी छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *