Categories समाचार

वीरगञ्जमा पक्राउ परेका दुर्गा प्रसाईँ अदालतको आदेशपछि मुक्त

Advertisement

वीरगञ्ज । वीरगञ्जबाट पक्राउ परेका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँ अदालतको आदेशपछि रिहा भएका छन्। पर्सा जिल्ला अदालतले उनलाई साधारण तारेखमा छाड्न आदेश दिएपछि प्रहरी हिरासतबाट मुक्त गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार अदालतको आदेश लगत्तै प्रसाईँलाई रिहा गरिएको हो।

Advertisement

प्रसाईँ एक साता अघि वीरगञ्जमा आयोजित कार्यक्रममा सहभागी हुन आएका बेला सिद्धार्थ दियालो होटलबाट पक्राउ परेका थिए। उनीमाथि विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसूर सम्बन्धी आरोपमा अनुसन्धान चलाइएको प्रहरीले जनाएको थियो।

Advertisement

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक रहेका प्रसाईँको पक्राउपछि उनका समर्थकहरूले वीरगञ्जका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका थिए। केही प्रदर्शनका क्रममा प्रहरीसँग सामान्य झडपसमेत भएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *