Categories समाचार

मेयर सिंह विरुद्ध पक्राउ पुर्जीको समाचार निराधार

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित चार जनाविरुद्ध किर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएको भन्ने समाचारलाई जिल्ला प्रहरी कार्यालय पर्साले निराधार भएको जनाएको छ।

केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उक्त विषयलाई लिएर समाचार सार्वजनिक भएपछि पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले त्यसबारे कुनै आधिकारिक पक्राउ आदेश जारी नभएको स्पष्ट पारे। उनका अनुसार मेयर सिंहविरुद्ध हालसम्म प्रहरीले कुनै पक्राउ पुर्जी प्राप्त गरेको छैन।

Advertisement

प्रहरीले सामाजिक सञ्जालमा फैलाइएका अपुष्ट सूचना र हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गर्दै आधिकारिक स्रोतबाट पुष्टि भएका जानकारीमात्र विश्वास गर्न अनुरोध गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *