Categories समाचार

समयमै उपचार नगर्दा स्त्रीरोग जटिल बन्दै : डा. दिप्ती यादव

वीरगञ्ज । महिलामा देखिने स्त्रीरोग सम्बन्धी समस्यालाई बेवास्ता गर्दा पछि जटिल स्वास्थ्य समस्या निम्तिन सक्ने वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. दिप्ती यादवले बताएकी छन्।

बाँझोपन विशेषज्ञ डा. यादवका अनुसार पछिल्लो समय महिलामा महिनावारी अनियमित हुने, अत्यधिक वा कम रक्तस्राव हुने, पेट तथा कम्मर दुख्ने, सेतो पानी बग्ने, पाठेघर तथा यौन संक्रमणजस्ता समस्या बढ्दो रूपमा देखिन थालेका छन्।

Advertisement

उनले यस्ता समस्या सुरुवाती अवस्थामा सामान्य देखिए पनि समयमै परीक्षण र उपचार नगर्दा गम्भीर बन्न सक्ने बताइन्। “धेरै महिलाले लाज वा बेवास्ताका कारण रोग लुकाउने गर्छन्, जसले पछि ठूलो समस्या निम्त्याउँछ,” डा. यादवले भनिन्।

Advertisement

डा. यादवका अनुसार गर्भधारणमा समस्या, बाँझोपन तथा गर्भावस्थामा हुने विभिन्न जटिलताबाट बच्न नियमित स्वास्थ्य जाँच आवश्यक हुन्छ।

गर्भवती महिलाले नियमित चेकजाँच गराउँदा आमा र बच्चा दुवैको स्वास्थ्य सुरक्षित रहने उनको भनाइ छ। उनले महिलालाई कुनै पनि असामान्य लक्षण देखिए तुरुन्त विशेषज्ञ चिकित्सकसँग परामर्श लिन आग्रह गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *