वीरगञ्ज । पर्सा सुनचाँदी व्यवसायी संघ, वीरगञ्जको कार्यालयमा शुक्रबार संघका अध्यक्ष भुलन प्रसाद सोनारको अध्यक्षतामा बैठक सम्पन्न भएको छ। बैठकमा विभिन्न विषयमा छलफल गर्दै “नेपाल सोनार क्रिकेट क्लब” दर्ता गर्ने निर्णय गरिएको छ।
बैठकमा क्लब दर्ता, नामाकरण, संयोजक समिति गठन, तदर्थ समिति गठन लगायतका विषयमा विस्तृत छलफल भएको थियो। छलफलपछि जिल्ला प्रशासन कार्यालय पर्सामा “नेपाल सोनार क्रिकेट क्लब” दर्ता गर्ने निर्णय गरिएको जनाइएको छ।
क्लब दर्ता प्रक्रियालाई अगाडि बढाउन सन्नी सर्राफको संयोजकत्वमा तीन सदस्यीय संयोजक समिति गठन गरिएको छ। समितिको सदस्यमा ओमप्रकाश प्रसाद सर्राफ र राजकुमार सर्राफ रहेका छन्।
त्यसैगरी क्लब सञ्चालनका लागि सन्नी सर्राफको संयोजकत्वमा तदर्थ समिति समेत गठन गरिएको छ। समितिको सह–संयोजकमा विवेक सर्राफ र मनीष सर्राफ रहेका छन् भने सचिवमा राजकुमार सर्राफ तथा कोषाध्यक्षमा ओमप्रकाश प्रसाद सर्राफ चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा चन्दन कुमार साह, नन्दलाल साह, राजा प्रसाद साह सोनार, निर्मल कुमार सर्राफ, राजु साह सर्राफ तथा सन्दीप कुमार साह रहेका छन्।
बैठकमा विजयकुमार सर्राफ, नरेश कुमार सर्राफ, कैलाश प्रसाद सर्राफ, विश्वनाथ साह, अनिल कुमार साह, साहिल कुमार स्वर्णकार, भग्नु साहलगायतको उपस्थिति रहेको थियो।







