Categories समाचार

पर्सामा ८ हजार प्रतिबन्धित ब्रोइलर चल्ला बरामद, ८ लाख बराबरको चल्ला नष्ट

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएका ८ हजार गोटा प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला बरामद गरेको छ।

विन्दवासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमा क्षेत्रमा बिओपी अमरपट्टीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ तस्करहरू ८० कार्टुनमा प्याक गरिएका चल्ला छाडेर फरार भएका थिए।

Advertisement

बरामद चल्लाको अनुमानित मूल्य करिब ८ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

Advertisement

पशु स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डअनुसार पशु क्वारेन्टाइन कार्यालय, सम्बन्धित ह्याचरीका प्रतिनिधि, नेपाल प्रहरी, स्थानीय भद्रभलाद्मी तथा सञ्चारकर्मीहरूको रोहवरमा उक्त चल्ला नष्ट गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *