Categories समाचार

पाँच थान चोरीका साइकलसहित अन्सारी पक्राउ, थप अनुसन्धान जारी

वीरगञ्ज । पर्सा प्रहरीले पाँच थान चोरीका साइकलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका २६ वर्षीय लाल महम्द अन्सारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जेठ १३ गते अपराह्न करिब ४ बजे वीरगञ्ज महानगरपालिका–१५ स्थित एनएमसी परिसरमा पार्किङ गरी राखिएको साइकल चोरी भएको भन्दै बाराको प्रसौनी गाउँपालिका–५ प्रस्टोकाका २२ वर्षीय विशाल साहले वडा प्रहरी कार्यालय श्रीपुरमा निवेदन दिएका थिए।

Advertisement

उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले साइकल चोरी भएको समयको सीसीटीभी फुटेजको प्राविधिक विश्लेषण गरेको थियो। सोही आधारमा जेठ १६ गते राति करिब १०ः३० बजे चोरीमा संलग्न रहेको आरोपमा अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Advertisement

प्रहरीले अन्सारीको साथबाट निवेदकको चोरी भएको साइकलसहित अन्य चार थान चोरीका साइकल बरामद गरेको छ। बरामद भएका साइकलको संख्या पाँच पुगेको छ।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेका अन्सारीमाथि चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *